Today : 176 Total : 13100364

HOME > 커뮤니티 > 국가별소식
[NEPAL] वैदेशिक मजदुर सहयोग केन्द्र इन्छनमा निंशुल्क स्वास्थ्य परिक्षण
ईश्वर सुबेदी   10.06.20 3526

वैदेशिक मजदूर सहयोग केन्द्र, इन्छनद्धारा २०१० जुन २० गते कोरियामा रही काम गरीरहेका विदेशी मजदुरहरुको निःशुल्क स्वास्थ्य परिक्षण सेवा सम्पन्न भयो । यस केन्द्रद्धारा प्रत्येक महिनाको तेस्रो आइतबार यहाँ कार्यरत विदेशी मजदूरहरुकालागि निःशुल्क स्वास्थ्य परिक्षण सेवा संचालन गर्दै आएको छ । यही परिप्रेक्ष्यमा जुन २० मा सम्पन्न निःशुल्क स्वास्थ्य परिक्षण सेवाबाट लगभग ३०० जना विदेशीमजदुरहरुले यो सेवाको उपभोग गरेका थिए भने करिब ७० जना डाक्टर तथा स्वास्थ्य सहयोगीहरुे सेवा प्रदान गरेका थिए ।  आज सम्पन्न निःशुल्क स्वास्थ्य सेवा परिक्षण खासगरी पेट, र दाँत सम्बन्धी उपचारहरु गरिएको थियो । यसका साथै एक्क्यूपंचर उपचारपद्धति सेवा पनि उपलब्ध गराइएको थियो । सेवा प्राप्त गर्ने विरामीहरुलाई निःशुल्क औषधीका साथै उपहार पनि वितरण गरिएको थियो । वैदेशिक मजदूरहरुको लागि निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरेकोमा वैदेशिक मजदूरहरुले यस संस्थाको सेवाबाट हर्षित भई संस्थालाई आभार पनि प्रकट गरेका थिए ।  

Pelayanan Kesehatan Gratis 20 Juni 2010 di Incheon Foreign Workers Center
hello everyone..
      
인천광역시 남동구 호구포로 220 명진프라자 12층 인천외국인노동자지원센터
TEL:032-431-5757 FAX:032-431-1129
copyright (c) 2009 인천외국인노동자지원센터 all rights reserved