Today : 212 Total : 13360721

HOME > 커뮤니티 > 국가별소식
[NEPAL] कोरियन भाषाको प्रमाणपत्रतहको कक्षा संचालन भै रहेको जानकारी
ईश्वर सुबेदी   10.06.29 3648


    कोरियन भाषाको ज्ञानबृद्धि गर्न चाहनु हुन्छ र प्रमाणपत्र हासिल गर्न चाहनु हुन्छ भने यस इन्छन वैदेशिक मजदूर सहयोग केन्द्रमा कोरियनभाषाको कक्षाहरु संचालन भै रहेको जानकारी गराउन चाहन्छौ. कोरियनभाषाको प्रमाणपत्र तहको निम्न प्रमाणपत्र तह र उच्च प्रमाणपत्र तहको भाषाको अध्यापन भै रहेको छ. कोरियन भाषाको प्रमाणपत्र तह कक्षामा विद्यार्थीहरुको संख्या बढी भएकोले आगामी हप्ता अर्थात् २०१० जुलाई ४ तारिखदेखि उक्त कक्षालाई निम्नप्रमाणपत्र तह र उच्चप्रमाणपत्रतह गरी दुई समूहमा विभाजन गरी पाठ्यसामाग्रीहरु निःशुल्क वितरण गरी पारिवारिक वातावरणमा अध्यापन भैरहेकोले इच्छुक नेपाली तथा अन्य देशका कोरियामा रही काम गर्नुहुने मजदूरहरुले निःशुल्क कोरियनभाषा सिक्ने र प्रमाणपत्र प्राप्त गर्ने अवसर नगुमाउनु हुन हामी सबैलाई अनुरोध गर्दछौं.

माइक्रो बस सेवा प्रदान
네팔
      
인천광역시 남동구 호구포로 220 명진프라자 12층 인천외국인노동자지원센터
TEL:032-431-5757 FAX:032-431-1129
copyright (c) 2009 인천외국인노동자지원센터 all rights reserved