कोरियामा रही कामगरिरहेका प्रवासी मजदूरहरुलाई सहयोग गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको ईन्छन प्रवासी मजदूर सहयोग केन्द्रको उद्घाटन कार्यक्रम यही महिनाको 14 गते (2010.7.14) गते बुधवार दिनको ठिक 2.00 बजे हुने भएकोले उक्त उद्घाटन कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाईदिनु हुन सम्पूर्ण साथीहरुलाई विशेष अनुरोध गर्दछु. यो संस्था भनेको अन्य कुनै निजीस्वार्थ नराखीकन शुद्ध रुपमा कोरियामा कार्यरत प्रवासी मदजूरहरुलाई सहयोग गर्ने संस्था भएको र यसले भाषा अनुवाद, कामदारको काम तथा कम्पनीसम्बन्धी कार्यसँग सम्बन्धित समस्याको परामर्श तथा कानुनी समाधान निःशुल्क रुपमा उपलब्ध गराईरहेको छ. यसका अतिरिक्त यस संस्थाले प्रवासी मजदूरहरुका लागि निःशुल्क कोरियन भाषा तथा कम्प्यूटरको विभिन्न तहको कक्षा तथा शैक्षिक सामाग्री वितरण प्रत्येक महिनाको तेस्रो आइतबार निःशुल्क स्वास्थ्य सेवा तथा औषधी तथा उपहार वितरण कार्यक्रमलाई पनि निरन्तरता दिइरहेको छ. विभिन्न सांस्कृतिक तथा खेलकुदसम्बन्धी कार्यक्रम पनि संचालन गर्दछ. यही महिनाको 25 गते (2010.7.25) आइतबार रमाइलो ईन्छन खेलकुद मेला आयोजना गरेको हुनाले सहभागी भईदिनु हुन पनि म सम्पूर्ण साथीहरुलाई हार्दिक अनुरोध गर्दछु. हस्त धन्यवाद! |