दक्षिण कोरियामा स्थापना भएको छोटो समयमै उल्लेखनिय काम गर्दै चर्चाको शिखरमा रहन सफल एक समाजिक सस्था आपतकालीन नेपाली सेवा समितिले कोरियाको महान चाड चुसकको पहिलो दिन सेक्टेवर २१ मा नेपालका ख्यातिप्राप्त कलाकारहरुलाई कोरिया ल्याउँने भएको छ । उक्त कार्यक्रमा कोरियाको चर्चित कलाकारहरुले पनि सहभागिता जनाउँने भएका छन् । नेपाली सांगितीक फाटका स्टारहरु राजु लामा (मंगोलियन हर्टस्),एडि्रन प्रधान (1974 A.D.),शितल मोक्तान (पप गायिका),सुवानी मोक्तान (पप गायिका),कृष्ण देवकोटा (लोक दोहोरी) मुना थापामगर (लोक दोहोरी),श्री कृष्ण लुइटेल 'बोकेदारी' (हाँस्य गायक),सम्झना बुढाथोकी (डान्स स्टार) तथा विविसी नेपाली सेवा साझा सवाल कार्यक्रमका संचालक नरायण श्रेष्ठ उद्घोषकको रुपमा कोरिया आउँने भएका छन् भने यूवा पुस्तामा अत्यन्तै लोकप्रीय B-Boy नृत्य कोरियाको चर्चित डान्स ग्रुप The Face Crew ले प्रस्तुत गर्ने भएका छन् । फोटो संकलन:Dinesh Bhandari