ईन्छन् प्रवासी खेलकुदमा
कोरियामा बसेका मजदुरहरुलाई खेलकुदको माध्यमबाट परिचयात्मक एवम् भावनात्मक सम्बन्ध राख्ने उद्देष्य लिई ईन्छन् प्रबासी मजदुर सहायेता केन्द्रद्वारा गत जुलाई २५ मा रमाइलो खेलकुद मेलाको आयोजना गर्यो । नेपालको प्रतिनिधित्व गरेको लभ इन् नेपाल टीमले भलिबल प्रतियोगितामा भियतनाम, मङगोल, इन्डोनेसियालाई हराई ट्रफी तथा आकर्षक पुरस्कार हात पार्न सफल भयो साथै बेस्ट प्लेयर पनि नेपालीले नै कब्जा गरेको थियो । सो दिन फुटबलका साथै अन्य मनोरन्जनात्मक कार्यक्रमहरु पनि राखेको थियो। फोटोः राज डंगोल । लभ ईन् नेपालको कब्जा |
|
|