

NRN कोरियाद्वारा राजधानी सउलको दोङ्देमुनमा नेपाल हाउसको निर्माण गरिएको छ । रोजगारीका लागि कोरियामा आई बेरोजगार हुन परेका वा अन्य विविध समस्याहरुका कारण अलपत्र हुन पुगेका नेपालीहरुको लागि निर्माण गरिएको उक्त नेपाल हाउस यहि अगष्ट १५ का दिन एक कार्यक्रम बीच उदघाटन गरियो । NRN कोरियाका अध्यक्ष बिनोद कुँवरको सभापतित्व तथा महामहिम कमल कोईरालाको प्रमुख आतिथ्य नेपाल हाउसको उदघाटन गरिएको हो । कार्यक्रममा NRN केन्द्रीय सचिव तेन्जी शेर्पा ICC प्रतिनिधीहरु NCC अध्यक्ष लगायत थुप्रै नेपाली संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । फोटोः रघु त्रिपाठी
from : nepalkoreanews.com
|